इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशीबाट राष्ट्रियसभा सदस्यमा एमालेकी कोइराला र कांग्रेसका सिटौला विजयी

इटहरी: कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रुक्मिणी कोइराला र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । रूक्मिणी कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् । एमालेकी कोइरालले ५ हजार ८६ मत प्राप्त गरेको र माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी छन् । सिटौलाले राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । सिटौलाले कूल ५,२९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिष्पर्धी राप्रपाका पौडेलले ४,५६२ मत प्राप्त गरे । कोशीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो । कांग्रेसबाट अन्य समूहमा कृष्ण सिटौला उम्मेदवार छन् । कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ थियो ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क