इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेशमा शनिबार सांसदहरूको सनाखतपछि मात्रै मुख्यमन्त्री नियुक्त गरिने

सुनसरी / कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दावी भएपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश सांसदहरुको शनिवार विहान ८ बजेदेखी २ बजे सम्म सनाखत गर्ने भएको छ । कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेको र्समर्थनमा नेपाली कांग्रेसका केदार कार्की र चार दलिय गठबन्धनका तर्फाट इन्द्र आङ्बोले दाबी पेश गरेपछि विवाद आएको हो । मुख्यमन्त्रीको दाबा पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्की सहित कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएर मुख्यमन्त्रीमा नियुक्तिका लागि आग्रह गरेपछि प्रदेश सांसदहरुको सनाखत गरिने भएको हो । शनिवार बिहान ८ बजे देखि २ बजे सम्ममा प्रदेश सांसदहरुको सनाखत गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेसका प्रदेश सांसद शमसेर राईले जानकारी दिए । प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदहरु सहित दाबी पेश गर्न असोज २६ गते बेलुका ५ बजे सम्मको समय तोक्नु भएको थियो । तोकिएको समयमा पनि मुख्यमन्त्री नियुक्ति नगरेपछि प्रदेश सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा सशरीर धर्ना दिएका हुन् । केन्द्रस्तरको राजनीतिक दवावका कारण प्रदेश प्रमुखले आज मुख्यमन्त्री नियुक्ती नगरेको बताइएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क