इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेशमा हिक्मत कार्कीले विश्वासको मत नपाएपछि एमालेको सरकार ढल्यो

सुनसरी : कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको हो । नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको १७४ दिनमा बहिर्गमन भएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभामा राखेको प्रस्ताबको पक्षमा ४६ मत मात्र प्राप्त भएको छ । विपक्षमा भने ४५ मत खसेको प्रदेश सभाका सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए । मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ प्रदेश सभा सदस्यले मत हालेका छन् । विपक्षमा भने काङ्ग्रेसका २९, माओवादीका १२ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्यले मत हालेका छन् । कोशी प्रदेश सभामा बहुमत पाउन ४७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ । बिहीबारदेखि सुरु भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको लागि प्रस्ताव दर्ता भएपछि छलफलकै क्रममा बैठक स्थगित भएपछि आज मत विभाजन भएको हो । प्रदेशसभाबाट विश्वसको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपनि अर्को सरकार गठन नभएसम्म यही सरकारले निरन्तरता पाउने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा (३) कमोजिमयही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क