इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश अन्तरपालिका भलिवलको उपाधी दमक र षडानन्दलाई

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाको दिङलामा संचालन भएको कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिवलको उपाधी दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ । सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ शनिवार सञ्चालन भएको प्रतिस्पर्धात्मक फाइनल खेलकोअन्तिम सेटमा दमक र षडानन्द दुवैको १७-१७ अंक बनाएको थियो । वरावरी भएको अवस्थामा रेफ्रीले दमकका खेलाडीको नेट टच भएको निर्णय गर्दै षडानन्दलाई अंक दिएपछि १८-१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए । विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टिमलाई संयुक्तरुपमा विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुवै पालिका बिजयी भएपछि बिजेताले एक लाख ५० हजार र उपबिजेताले एक लाख पाउने भए पनि दुवै टिमलाई बिजेता बनाईएपछि एक लाख २५ हजारका दरले नगदसहित मेडल तथा प्रमाणपत्र बितरण गरिएको छ । यस्तै प्रतियोगिता अन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीहरुले पाँच हजारका साथमा मेडल तथा प्रमाणपत्र समेत पाएका छन । बिजेताहरुलाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईलगायतले पुस्कार वितरण गर्नु भएको थियो । गत २४ गतेबाट सुरु प्रतियोगितामा प्रदेश भित्रका षडानन्द नगरापालिका भोजपुर, आमचोक गाउँपालिका भोजपुर, साल्पासिलिछो गाउँपालिका, बेलवारी नगरपालिका मोरङ, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका गरी आठ टिमले सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क