इन्फो नेपाल — सञ्चारको सञ्जाल

क्यान्सर विरुद्धको उपचारमा वैज्ञानिकहरुलाई ऐतिहासिक सफलता

एजेन्सी । अब क्यान्सर निको हुने भएको छ । चिकित्सा विज्ञानले यस्तो औषधिको परीक्षण गरेको छ जसबाट बिरामीले क्यान्सरबाट छुटकारा पाउने भएका छन् । रेक्टल अर्थात् मलद्धार क्यान्सरको उपचारकालागि शुरुवातको परीक्षण सफल भएको छ । सो परीक्षणमा सहभागी भएका १८ जना बिरामीहरु नै क्यान्सरमुक्त भएका छन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार एक सानो क्लिनिकल परीक्षणमा १८ जना बिरामीहरुले करिब ६ महिनासम्म डोस्टारलिमाब नामको औषधिको प्रयोग गरेका थिए जसबाट उनीहरुले ट्युमर हराएको पाए । डोस्टारलिमाब प्रयोगशालाद्वारा निर्मित अणुहहरु भएको एक औषधि मानिसको शरिरमा सब्सिटिच्युट एन्टिबडिका रुपमा काम गर्दछ । मलद्धार क्यान्सरका १८ जना बिरामीहरुलाई सोहि औषधि दिइएको थियो । उपचारको परिमाण स्वरुप, सबै बिरामीहरुमा क्यान्सर पुरै किसिमले उन्मूलन भएको छ । इन्डोस्कोपी, एमआरआई स्क्यान र पाेजिट्रन एमिशन टोमोग्राफी जस्तो अन्य परिक्षण गर्दा पनि कसैमा क्यान्सर पाइएन । न्यूयोर्कका मेमोरियल स्लोन केटरिंग क्यान्सर सेन्टरका डा. लुइस ए डियाज जेले यो क्यान्सरको इतिहासमा पहिलाे पटक भएका बताएका छन् । परीक्षणका क्रममा बिरामीहरुले ६ महिनासम्म प्रत्येक तीन सातामा औषधी सेवन गरेको खुलासा भएको छ । ती सबै बिरामीहरुको क्यान्सर मलद्वारमा उस्तै चरणमा थियो तर फैलन पाएको थिएन । केमोथेरापी, रेडिएसन र आक्रमक शल्यक्रियाबिना उपचार संभव न्यूयोर्क टाइम्सका अनुहार हालसम्म क्लिनिकल ट्रायलमा रहेका अन्य बिरामीहरुले केमोथेरापी, रेडिएसन र आक्रमक शल्यक्रिया गर्नुपर्दथ्याे । जसकारण आन्द्रा, पिसाब र यौन रोग पनि हुने संभावना थियाे । तर यी १८ जना बिरामीहरूले न केमोथेरापी, न रेडिएसन र न त शल्यक्रिया नै गर्नुपर्याे । यसैगरी अर्को चरणका रुपमा यी बिरामीहरुलाई अन्य रोगको परीक्षणकालागि लगिएको थियो । तर उनीहरुलाई थप कुनै उपचारको आवश्यकता थिएन । क्यान्सरका बिरामीहरुले सामान्यतया कठिन उपचार गनुपर्ने हुन्छ । जसमा सर्जरी, किमोथेरापी र रेडिएसन पर्दछ । मलद्धारको क्यान्सरको विषयमा केहि बिरामीहरुलाई कोलोस्टाेमी ब्यागको पनि आवश्यकता पर्छ । विशेषज्ञहरुले विश्वमा सबै बिरामीहरु निको भएको यो अनुसन्धान पहिलो भएको बताएका छन् । सबै बिरामीहरुले परीक्षणको समयमा ठुलो समस्याहरु भोग्न नपरेका कराण पनि परीक्षण प्रभावकारी भएको उनीहरुले बताए । यसकासाथै यस औषधिको कुनै पनि साइड इफेक्ट देखिएको छैन । कति पर्छ ? डोस्टारलिमेब एक मानोक्लोनल औषधि हो, जुन शरिरमा एन्टिबडीका रुपमा काम गर्दछ ।मोनोक्लाेनल एन्टिबडिले क्यान्सर कोषहरुको सतहमा पीडी 1 नामक विशेष प्रोटिनका साथ मिलेर काम गर्दछ । याे प्रतिरोधात्मक क्षमतालाई क्यान्सर कोषहरुको पहिचान गरेर नष्ट गर्नमा प्रभावकारी मानिन्छ । अमेरिकामा डोस्टरल्याब ५०० एमजीको मूल्य करिब ११ हजार डलर पर्दछ । यसैगरी बेलायतमा प्रत्येक डोज पाँच हजार ८८७ पाउण्डमा पाईन्छ ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क