इन्फो नेपाल — सञ्चारको सञ्जाल

क्राउन प्लाजा होटलमा छिरेको १० मिनेटमै युवती जलिन्

काठमाडौं - असोज २४ मा बिहान दुईजना नक्सालस्थित क्राउन प्लाजा होटलमा गए । होटलमा पुगेको १० मिनेटमा युवती जल्न थालिन् । उनी हुन्, चावहिल घर भएकी २३ वर्षीया फिउइ खनाल । ​फिउइसँगै गएका केशव रिजालले होटलमा राखिएको फायर एक्स्टिङगुइसर प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए । त्यसपछि ट्याक्सी बोलाएर तत्काल उनलाई रिजालले अस्पताल लगे । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो । बिहानको घटना प्रहरीले साँझ ७ बजेतिर मात्रै जानकारी पायो । कीर्तिपुर अस्पतालमा युवतीको मृत्यु भएपछि मात्र घटनाबारे थाहा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।​ फिउइको मृत्युपछि प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका २६ वर्षीया केशव रिजाल र होटल संचालक ३७ वर्षीय पदम कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरूमाथि ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए । पेट्रोल छर्केर जलिन् घटनास्थलमा मिनरल वाटरको बोतलमा थोरै मात्रामा पेट्रोल भेटिएको छ । होटलमा जाँदा उनीहरूमध्ये एकजनाले पेट्रोल लिएर गएका थिए । सो पेट्रोल छर्केर आगो लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘पेट्रोल कसले लगेको थियो भन्नेबारे अनुसन्धान हुँदै छ,’ एसएसपी बोहरा भन्छन्,‘अनुसन्धान अधिकृतले सिसिटिभी फुजेट विश्लेषण गरिरहेका छन् ।’ होटलमा प्रवेश गर्दा उनीहरु दुवैजना सहज रूपमा प्रवेश गरेका छन् । जलेपछि अस्पताल जाने बेलामा पनि युवति हिँडेरै ट्याक्सीमा चढेको सिसिटिभी फुटेजमा देखिएको छ । फिउइ र केशव प्रेम सम्बन्धमा थिए । फिउइ म्यानपावर संचालक हुन् । म्यानपावरमा एजेन्टको काम गर्ने केशवसँग फिउइ नजिकिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । मृतकका शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएको छैन । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।​

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क