इन्फो नेपाल — सञ्चारको सञ्जाल

क्रिकेटर भण्डारीलाई गृह पालिकाको सम्मान

बागलुङ: क्रिकेटर सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिकाले राष्ट्रिय टोलीका यू–१९ टका सदस्य सुवास भण्डारीलाई ५० हजार नगदसहित आज सम्मान गरेको हो । यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भण्डारीलाई गाउँपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले यो सम्मानले मनोबल बढाउन सहयोग पुग्ने बताए । गाउँपालिकाले खेल क्षेत्रसमेत प्राथमिकता राखेर काम गरिरहेको भन्दै काठेखोलामा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको बताए । गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले क्रिकेटर भण्डारीको खेल जीवनलाई थप प्रेरणा र प्रोत्साहनका लागि सम्मान गरिएको बताए । भण्डारी सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुनुहुन्छ । उहाँले पोखरामा कक्षा ९ मा अध्ययन गर्छन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क