इन्फो नेपाल — सञ्चारको सञ्जाल

क्लब अफ रेसुङ्गाले विद्यालयलाई पुस्तकालय हस्तान्तरण

सुनसरी : काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ स्थित कालिदेवी आधारभुत विद्यालयलाई लियो क्लब अफ रेसुङ्गाले पुस्तकालय हस्तान्तरण गरेको छ । लियो क्लब अफ रेसुङ्गाले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरेको पुस्ताकालय विद्यालयलाई हस्तान्तरण गरेको हो । सो पुस्तकालयले विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान हासिल गर्न सजिलो हुने कार्यक्रमका प्रमुख अतिथी मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइबाले बताएका छन् । नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याएको बताउँदै नगरप्रमुख वाइबाले भने, ‘बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न नगरपालिकाले सधै प्रयन्तमा गरिरहेनेछ । विद्यार्थीलाई पुस्कालयको उचित सदुपयोग गर्न आग्रह गर्दै, कार्यक्रमका विषेश अतिथि लियो क्लबका डिस्ट्रिक प्रेसिडेन्ट प्रकाश थापाले आगामी दिनमा पनि आफुहरुले विद्यालय र नगरपालिकासँग सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । पुस्कालय प्रयोगमा आएपछि विद्यार्थीले किताबमार्फत धेरै ज्ञानगुणका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् भन्दै वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद लम्साल, वडा नम्बर ८ वडाध्यक्ष झलक प्रसाद पौडेल, विद्यालयका प्रधानाध्यपाक जयराम डोटेल, लियो क्लब अफ रेसुङगाका अध्यक्ष अन्जलि तिवारी लगायतले मन्तव्य पनि राखेका थिय । बेथानचोक खबर डटकमबाट साभार भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क