सुनसरी - सुनसरीको इटहरीस्थित खनारमा भएको दुर्घटनामा मोरङको बेलबारी ८ का काका भतिजको ज्यान गएको छ । दुर्घटनामा बेलबारी ८ का बिपन दाहाल र ६ बर्षीय अबि दाहालको ज्यान गएको हो ।
शुक्रबार दिउसो २ बजेतिर कोसी राजमार्ग अन्तरगत इटहरी १२ रिलायन्स मिल अगाडी इटहरी तर्फबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ३९७८ नम्बरको ट्रकले बिराटनगरतर्फबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २५बर्षीय बिपन र अबि दाहालको ज्यान गएको हो ।
दुर्घटनामा अर्का एकजना अन्दाजी १३/१४ बर्षीय किशोर पनि घाईते भएका छन्। घाईतेलाई उपचारको लागि कोसी हस्पिटल बिराटनगर पठाएकोमा हस्पिटलले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै ट्रक चालक इटहरी २ का ३० बर्षीय प्रदिप कोईरालालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…