इन्फो नेपाल — सञ्चारको सञ्जाल

खानको लागि पैसा नभएपछि आमाले आफ्नी नवजात शिशुलाई ५०० डलरमा बेचिन

भोकमरीले ग्रस्त अफगानी परिवारहरूले पैसाका लागि आफ्नो सन्तान बेचिरहेको बीबीसीको रिपोर्टले देखाएको छ । तालिबानले शासन चलाउन थालेपछि विदेशी सहयोग बन्द भएकाले अफगानिस्तानको अर्थतन्त्र धराशायी छ । बीबीसीकी संवाददाता योगिता लिमाये हेरात शहर बाहिरको एक गाउँमा पुगेकी थिइन् । त्यहाँ एक आमाले आफ्नी नवजात शिशुलाई ५०० डलरमा बेचेको बताइन् । अन्य सन्तानलाई खाना किन्नका लागि छोरी बेचेको उनको भनाइ छ । छोरी किन्ने मान्छेले उनलाई हुर्काएर आफ्नो छोरोसँग विवाह गराउने भनेका छन् तर त्यसको ग्यारेन्टी छैन । ती व्यक्तिले शुरूमा २५० डलर तिरेको र त्यसबाट परिवारलाई केही महिना खुवाउन पुग्ने उनले बताइन् । बच्चा हिँड्न सक्ने भएपछि ती व्यक्ति लिन आउने उनको भनाइ छ । वर्ल्ड फूड प्रोग्रामले अफगानिस्तानको आधा जनसंख्याले नोभेम्बर महिनादेखि चरम खाद्यान्न असुरक्षाको समस्या भोग्ने चेतावनी सोमवार दिएको छ ।BBC

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क