इन्फो नेपाल — सञ्चारको सञ्जाल

खाना मीठो-नमीठो भन्ने छैन, पेट भर्न पाए पुग्छ : पुन

काठमाडौं । महावीर पुन आविष्कारक तथा सामाजिक अभियन्ता हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेपछि आफ्नो गृहजिल्ला म्याग्दी फर्किएर उनले शिक्षा तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरे । सामाजिक क्षेत्रमा योगदान गरेवापत सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेस पुरस्कारबाट सम्मानित भएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । दुर्गम ठाउँमा बेतारे प्रविधिको इन्टरनेट जडान, जलविद्यतु आयोजना, दुर्गम भेगमा ड्रोनको प्रयोग जस्ता उल्लेखनीय कार्यले उनी आम मानिसबीच पनि निक्कै लोकप्रिय छन् । आफूलाई एक साधारण नेपाली भन्न रुचाउने महावीर पुनको जीवनशैली कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी : बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ? -उठ्ने नियमित तालिका छैन । ६ देखि ७ बजेसम्म उठिसक्छु । उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?- उठ्नासाथ ल्यापटप खोल्छु । दुवै गर्दिन । बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?-त्यस्तो केही गर्दिन । टेबलमा बसेर कम्युटरमा काम गर्छु, त्यहींबाट फ्रेस हुन्छु । बिहान नास्ता खानुहुन्छ कि हुन्न ?- नास्ता खाँदिन बिहान । कालो चिया वा कफी मात्रै खान्छु । बिहानको खाना कति बजे खानुहुन्छ ?- छिटो खाइयो भने १० बजे । नत्र त दिउँसोको २ पनि बज्न सक्छ । कस्तो खाना रुचाउनुहुन्छ ?- मलाई कुनै खाना नखाने भन्ने नै छैन, जस्तो पनि रुचाउँछु । मेरो भोक मेटिनु पर्‍यो । तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?- मैले पकाएर खाँदिन, डुल्ने मान्छेलाई जसले जे दिन्छ त्यही खाने हो । भोकमा खाना पाइयोस् भन्ने मात्र हो । माछा-मासु कत्तिको खानुहुन्छ ?सबै खान्छु पाएसम्म । मलाई खानामा यो खान्नँ त्यो खान्नँ भन्ने नै छैन । खानलायक सबै खाना खान्छु । मदिरापान गर्नुहुन्छ ?- यो पनि कसैले दियो भने गर्छु । कहिलेकाहीं भ्याउनुभयो भने भान्सामा काम गर्ने जाँगर कति चल्छ ?- म अविष्कार केन्द्रकै काममा व्यस्त हुन्छु । भान्सामा काम गर्ने समय नै हुँदैन । पकाउनै पर्‍यो भने कुन खानेकुरा मीठो बनाउनुहुन्छ ?- हेर्नुस् म त्यस्तो खाना पकाउने मान्छे नै होइन, यसमा भन्दा मलाई अविष्कारमै रुचि छ । त्यही पनि बनाउनै पर्‍यो भने सबै एकैठाँउमा हालेर खिचडी बनाउँछु । बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?- खानेकुरा घरको मीठो कि बाहिरको भन्ने वास्ता गर्दिन । मलाई खाना भोकको लागि हो, स्वादको लागि भन्दा पनि । एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको क्षण छ ?- शरीरलाई चाहिएको बेलामा मात्र खान्छु । म भोकमा आत्तिने मान्छे पनि होइन । म डुल्ने मान्छे हुँ । झोलामा मकै, चिउरा लिएर हिँड्छु । खाना भनेको भातै मात्र पनि होइन नि । काम गर्दा भोकको ध्यान पनि त्यति हुँदैन । घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने लगायतका काम आफैं गर्नुहुन्छ ?- म घरमै बस्दिनँ, त्यसैले घरको काम गर्ने भन्ने कुरै आउँदैन । घरबाट बाहिर निस्कनुअघि तयार हुन कति समय लाग्छ ?- ओहो मलाई यस्तो प्रश्न नगरेकै राम्रो । म यसबाट धेरै टाढा छु । बाहिर हिँडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?- म एक साधारण मान्छे हुँ । मलाई लुगामा कुनै मतलब लाग्दैन । म जस्तो पनि लगाउँछु । गरगहनामा रुचि छ कि ?- पटक्कै छैन । तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ? - सार्वजनिक यातायात । प्रायः दिन कसरी बित्छ ?- प्रायःजसो अविष्कार केन्द्रमा बित्छ । नयाँ-नयाँ भाइबहिनीहरुसँग भेट्छु । मेरो जिन्दगी नै अविष्कार केन्द्रमा छ । बेलुकाको खाना कति बजे खानुहुन्छ ?- निश्चित हुँदैन, यस्तै राति १० देखि ११ बजेसम्म । बेलुकाको खाना कस्तो खानुहुन्छ नि ?- अघि नै भनें नि । जे भेटिन्छ त्यही खाने मान्छे हुँ म । यो रुचाउने त्यो नरुचाउने भन्ने छैन । कति बजे सुत्नुहुन्छ ?- राति १२ बजेसम्म सुतिसक्छु ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता