इन्फो नेपाल — सञ्चारको सञ्जाल

खुकुरी हानाहानमा संलग्न धरानका उपमेयरका भाइ बेघासहित आठ जना पक्राउ

सुनसरी / दुई ग्याँङबीचको झगडामा खुकुरी हानाहानमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई गुण्डागर्दीमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मंगलबार विष्णुलाई धरान–१५ खोरिया बस्तीस्थित घरैमा पुगेर अर्को समूहले खुकुरी प्रहार गर्दा उनको अनुहारमा चोट लागेको थियो । उक्त घटनामा प्रहरीले तत्कालै आक्रमणकारी पक्राउ नगरेको भन्दै धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले फेसबुक लाइभ गर्दै प्रहरीसँग असन्तुष्टि पोखेका थिए । तर अनुसन्धानका क्रममा उपप्रमुख बेघाकै भाइ जिष्णु वेघाको समूहले धरान–१५ सुर्य बस्तीका सन्देश राईको समुहमाथि सांघातिक रुपमा खुकुरीले आक्रमण गरेको खुलेको हो । इलाका प्रहरी कार्यालय धरानले बिष्णुसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ पर्नेहरुमा २३ वर्षीय बिष्णुसहित धरान–१५ सूर्य बस्तीका २४ वर्षीय अमृत तामाङ, २३ वर्षीय अनिल मगर, २५ वर्षीय सजिव राई, २४ कै बाघबिरे भनिने सुरज तामाङ, २० का मेनल तामाङ, २९ का राजकुमार लिम्बू र २६ का दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ । उपमेयर बेघाका भाइ विष्णुको समुहले सूर्य बस्तीका सन्देशलाई पहिले खुकुरी प्रहार गरेर भागेका थिए । आक्रमणपछि विष्णु र उनको समूह भागेकोमा सन्देशको समूहले पनि उनलाई घरैमा पुगेर खुकुरी प्रहार गरेको जनाइएको छ । खुकुरी प्रहारबाट विष्णुको अनुहारमा चोट लागेपनि उनको अवस्था सामान्य रहेको तर विष्णुको खुकुरी प्रहारबाट सन्देश राईको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । घटनामा संलग्न समुहका व्यक्तिहरुलाई पक्राउ गरिएकोले प्रहरीले गम्भीरताका साथ थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी धरानले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क