इन्फो नेपाल — सञ्चारको सञ्जाल

खोटाङको दिक्तेलमा पहिरो जाँदा ६ परिवार विस्थापित

खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् । गत शुक्रबार राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका छन् । अविरल परेको वर्षाले गाउँ चिराचिरा परेपछि साबालुङका शारदा राई रामीरा राई,भीमबादुर राई, कर्णबहादुर राई , जीतबहादुर राई र घलेगाउँका धनबहादुरको परिवार विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताए । थप पहिरोको जोखिम बढेपछि साबालुङको बर्मालीघर टोलमा अस्थायी टहरा बनाएर उनीहरूलाई राखिएको छ । उनीहरूलाई प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए । विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक छ ।विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक रहेको वडाध्यक्ष राईले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क