असोज १४ अमेरिकाको युनाइटेड एयरलायन्सका झण्डै ६ सय जना कर्मचारीले कम्पनीको कोभिड १९ खोप नीति पालना नगरेकै कारण जागिर गुमाउँदैछन् ।
सोमबार अन्तिम म्यादसम्ममा यस कम्पनीका ६७ हजार अमेरिकी कर्मचारीले पूरा खोप लगाएको प्रमाण पेस गरेका छन् ।यस एयरलायन्सका सम्बन्धित विभागीय प्रमुखहरूले पक्कै पनि कम्पनीको यो निर्णय निकै कठिन भएको प्रतिक्रिया दिएका छन् ।अमेरिकाको सिकागोस्थित यस एयरलायन्सले गत अगस्टमा आफ्ना सम्पूर्ण कर्मचारीलाई खोप अनिवार्य गराउने निर्णय गरेको थियो ।
चिकित्सकीय वा धार्मिक कारण देखाएर कोरोना भाइरसको खोप नलगाउन आवदेन नदिएका कर्मचारीहरूको अब जागिर जान लागेको हो । करिब २ हजार कर्मचारीले यस्तो विशेष अपवादका लागि आवेदन दिएका थिए ।डेल्टालगायत अमेरिकाका अन्य एयरलायन्सहरूले आफ्ना कर्मचारीलाई खोपका लागि प्रोत्साहित गर्न विभिन्न प्याकेज अघि सारेका थिए ।
बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…
हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…
Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…
काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…