इन्फो नेपाल — सञ्चारको सञ्जाल

खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन इटहरी उपमहानगरपालिकाको निर्देशन जारी

सुनसरी : इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएका भौतिक संरचना भत्काउन ३५ दिनको उर्दी जारी गरेको छ । ३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले डोजर चलाएर भत्काउने चेतावनी दिएको छ । सुरुमा इटहरीस्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले ३५ दिने सुचना सार्वजनिक गरेका छन् । टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडेर मात्र भवन बनाउन उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ । मेयर पौडेलले इटहरीलाई बाढीमुक्त बनाउनको लागि धेरै कामहरु अघि बढेको भन्दै खोला, पैनी मिचेर बनाएका संरचना भत्काउने अभियान पनि सँगै सञ्चालन गरिने बताएका छन् । उनले योसँगै सार्वजनिक ऐलानी जग्गाको संरक्षणसमेत व्यवस्थित तरिकाले सुरु गरिने बताएका छन् । इटहरीमा खोला, पैनी तथा सार्वजनिक जग्गाहरु मिचेर धेरै ठाउँमा घर बनाइएका छन् । जसको कारण वर्षामा पानीको सहज निकास नहुँदा बाढीले इटहरी चोक र आसपासका वस्ती डुबाउने गरेको छ । अतिक्रमण हटाउन सकेमात्र पनि इटहरीको डुबान धेरै हदसम्म नियन्त्रणमा आउने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क