इन्फो नेपाल — सञ्चारको सञ्जाल

खोला पैनी मिचेर बनाएका संरचना भत्काउन अन्तीम पटक म्याद थपेर इटहरी सरकार मौन

सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन गत भदौ १७ गते अन्तीम पटक भन्दै सात दिनको म्याद थपेको थियो । सात दिनको म्याद २४ गते नै सकिएपनि न त अर्को म्याद थपिएको छ, न त संरचना भत्काउन सुरु नै गरिएको छ । उपमहानगरपालिकाले पहिलो पटक असार ३१ गते ३५ दिने म्याद जारी गर्दै सुचना प्रकाशित गरेको थियो । त्यसपछि १५ दिन र त्यसपछि फेरी अन्तीम सुचना भन्दै सात दिनको म्याद थपेको थियो । तर त्यो ७ दिन बितेको अर्को सात दिन भइसक्दा उपमहानगरपालिका आफै हराएको छ । खोला पैनी मिचेका संरचना भत्काउने चेतावनी दिएको उपमहानगरपालिकाको म्याद थपको श्रृंखला नै भत्किएको छ । टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको थियो । तर केही विज्ञहरुले भने खोला र पैनीको लागि उस्तै मापदण्ड गलत हुने बताउँदै आएका थिए । उपमहानगरपालिकाले यस विषयमा कुनै प्रतिक्रिया दिएको थिएन । टेंग्रा खोलाको ६ किलोमिटर क्षेत्रमा मात्रै ७४ वटा संरचना भत्काउनुपर्ने खोला पैनीमा भत्काउनुपर्ने सुचीमा पर्ने संरचनाहरु यकिन गर्न उपमहानगरपालिकाले वातावरण शाखाका अधिकृत पुष्पनारायण चौधरीको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले खोला नापेर भत्काउनुपर्ने संरचनाको सुची बनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क