इन्फो नेपाल — सञ्चारको सञ्जाल

गगनलाई कारबाही नगर्ने हो भने रवि देशद्रोहीको मतियार हुन्ः भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध लगाइएको आरोप उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मा लिनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विदेशीलाई देशको गोप्य सूचना बेच्ने कुरालाई चानचुने रुपमा लिन नहुने बताए । गृहमन्त्री लामिछानेले लगाएको आरोप सत्य हो भने कांग्रेस महामन्त्री थापालाई देशद्रोहको मुद्दा लगाइनुपर्ने उनको भनाइ छ । उनले विदेशीलाई गोप्य सूचना बेचेको थाहा पाएर पनि कारबाही नगर्ने हो त्यसको मतियार गृहमन्त्री लामिछाने ठहरिने बताए ।

‘गगन थापाजीको बारेमा संसद्मा, त्यो गृहमन्त्रीजीले जिम्मा लिनुपर्छ, मैले फेरि दोहोर्याउँछु, उहाँले विदेशीहरुलाई सूचना बेच्ने व्यक्ति भनेर उहाँले आरोप लगाउनुभयो । यो राज्य हो भने, यहाँ संविधान र कानुन छ भने, यो देश सार्वभौम र स्वतन्त्र देश हो भन्ने रवि लामिछानेको अलिकति चेत छ भने कुनै त्यस्तो सूचना बेच्ने व्यक्तिलाई उहाँले जानकारी लिएपछि किन कारबाही नगरेको ? अझ पनि म भन्छु, यदि उहाँले अब गगन थापाजीलाई कारबाही गर्नुहुन्न भने त्यो अपराध हो, देशद्रोह हो त्यो सूचना बेच्ने काम । त्यसको मतियार रवि लामिछानेजी पनि हो,’– उनले भने ।

साथै, अहिले राज्यका कुनै पनि संरचना ठीक ढङ्गले सञ्चालन नभएको उनले बताए । मुख्य सचिवदेखि मन्त्री, गृहमन्त्रीसम्म भ्रष्टाचारको आरोप र जालो रहेको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदान, सहकारी ठगी प्रकरण लगायतका विवाद सही तरिकाले निरुपण नभएको बताए । सरकारमा रहेका कतिपय मन्त्रीहरुको दुई वटा नागरिकता रहेको पनि आशंका व्यक्त गरे ।

‘राज्यको सम्पूर्ण प्रणाली हेर्नुस् । देशको मुख्यसचिव भ्रष्टाचारमा, गृहमन्त्रीदेखि उनको नातागोता, भाइ, भतिजा, राष्ट्रपति, उपराष्ट्रपति पदमा भएका व्यक्तिका भाइ, छोरा, नजिकका व्यक्तिहरु ठूला–ठूला भ्रष्टाचार काण्डमा । नक्कली शरणार्थी काण्ड, सुन तस्करी काण्ड, अहिलेका गृहमन्त्रीका दुईवटा नागरिकता, दुई वटा राहदानीका काण्ड, सहकारीको पनि निष्पक्ष छानविन हुने अवस्था देखिँदैन । सरकारमा रहेका कतिपय मन्त्रीहरुको दुईवटा नागरिकता भएको आशंका छ,’– उनले भने ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क