इन्फो नेपाल — सञ्चारको सञ्जाल

गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?

नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए । ‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ ? त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँग्रेसको नेतृत्व हामीलाई चाहिएको छ’, थापाले महाधिवेशनले चयन गर्ने नेतृत्वप्रति लक्षित गर्दै भने, ‘अबको ५ बर्षमा काँग्रेसले केके गर्छ त्यसको जवाफ दिनुपर्छ ।’ उनले अदालतभित्र देखिएको समस्याका बारेमा पनि काँग्रेस प्रस्ट हुनुपर्ने धारणा राखे । भने, ‘अदालतभित्र हामी यत्रो ठुलो समस्या देखिरहेका छौ । अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ । अदालतभित्रको नेतृत्व नै विचलित भयो भने न्याय मर्छ । स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ ।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क