इन्फो नेपाल — सञ्चारको सञ्जाल

गगन थापाको विजयोत्सव

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन् । २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए ।  ७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे । यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा गरिएको छैन ।  २०७४ सालमा पनि थापाले भट्टराई नै पराजित गरेका थिए । त्यसबेला माओवादीको साथ रहँदासमेत भट्टराई थापासँग पराजित हुन पुगेका थिए ।  २०७४ सालमा थापाले तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । थापाले २१ हजार ५५८ मत ल्याएका थिए ।  तेस्रोपटक राजन भट्टराईलाई पराजित गरेर जितमा ह्यार्टिक गरेका थापा र उनका समर्थकले विजयोत्सव मनाएका छन् ।   

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क