इन्फो नेपाल — सञ्चारको सञ्जाल

गगन प्रवृत्ती : सरकार बाहिर हुँदा एमसीसीको विरोध, अहिले पास गर्न जोड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार अनुसार आफ्नो बोली फेर्ने गरेका छन् । तत्कालिन नेकपा एमाले नेतृत्वको सरकार हुँदा थापाले एमसीसीको विरोध गरेका थिए । तर उनी अहिले त्यहि एमसीसी यथास्थितिमा पास गनुपर्ने भन्दै जोड दिइरहेका छन् । सत्तामा एमाले हुँदा एमसीसीको विषयहरु राष्ट्रियता विपरित रहेको भन्दै उनले विरोध गरेका थिए । उनले त्यतिबेला बोलेको भिडियो सामाजिक सञ्जालमा छरपस्त छ । पछिल्लो समय कांग्रेसको सरकार बनेपछि उनी एमसीसी जस्ताको तस्तै पास हुनुपर्ने भन्दै त्यसको सकरात्मक सन्देश फैलाउन लागिपरेका छन् । राष्ट्रवादको पक्षपोषण गर्दै उनले एमसीसी देशको हित विपरित भएको बताएका थिए । तर देउवा नेतृत्वको सरकार बनेपछि एकाएक फेरिएको बोलीले उनको राजनीतिक स्वार्थ प्रस्तुत गरेको छ । एमसीसी संसदबाट पास हुन एमसीसीको स्वरुप र कतिपय प्रवन्धहरु बदलिनु पर्ने प्रतिक्रिया दिएका थापाले अहिले जस्ताको तस्तै पास गर्नुपर्ने जोड दिनुमा कांग्रेस बैठकको निर्णय मात्र नभई भारतीय दुतावासको सहकार्य रहेको समेत खबर बाहिरिएको छ । नेता थापाले भारतीय दुतावासको निर्देशनमा एमसीसी बारे सकरात्मक सन्देश फैलाउन लागि परेको स्रोतको दावी छ । उनी त प्रतिनिधि पात्र मात्र हुन् । कांग्रेसका धेरै नेताको बोली फेरिएको छ, सा्रेतले भन्यो । हुनत आफू प्रतिपक्षमा बस्दामात्र सरकारले गरेका निर्णय गलत भएको भन्दै विरोध गर्ने प्रवृति नेपाली राजनीतिक पार्टीका नेताहरुमा हाबी छ नै । जनतामा लोकप्रियता कायम राखेको नेताहरुले नै राजनीतिक स्वार्थमा राष्ट्रियताको विषयमा बोली फेरिरहदाँ नेताहरुप्रतिको जनविश्वास नै गुमेको छ । त्यसमा अहिले अगाडी देखिएको पात्र हुन् नेता थापा ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क