इन्फो नेपाल — सञ्चारको सञ्जाल

गठबन्धनकै बलमा प्रधानमन्त्री बनेको हुँ, धोका दिन मिल्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले कांग्रेस जिम्मेवार पार्टीको रुपमा परिचित रहेको भन्दै पार्टी र गठबन्धनको निर्णयअनुसार सहयात्री दलहरूलाई धोका दिन नमिल्ने बताएका हुन् । ‘मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ,’ बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने, ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’ प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताएका थिए । सहमहामन्त्री राठोरले बैठकमा नेताहरूले फरक–फरक धारणा राखेपनि स्थानीय अवस्था र आवश्यकतामा आधारित गठबन्धन गरेर अघि बढ्नुपर्ने निष्कर्ष रहेको बताए । ‘नेताहरूले स्थानीय अवस्थाअनुसार कुरा राख्नुभयो । तर, गठबन्धन नगर्ने भन्ने कुरा छैन । महानगरपालिका र उपमहानगरपालिकामा समेत गठबन्धन गरेर जानुपर्छ भन्ने नै हो,’ उनले भने, ‘तर गठबन्धन गर्दा स्थानीय साथीहरूको भावनालाई बुझेर नै अघि बढ्नुपर्छ ।’ सहमहामन्त्री राठोर देशभर गठबन्धनको तयारी भइरहेको र त्यहीअनुसार केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने बताए । ‘भरतपुरको मेयर अहिले माओवादी केन्द्रको छ । गठबन्धन भएपछि आफूले जितेर काम गरेको ठाउँमा माओवादीले पुनः दाबी गर्ने कुरा स्वभाविक हो,’ राठोरले भने, ‘तालमेल गरेर जाँदा भरतपुर फेरि पनि माओवादी केन्द्रको प्राथमिकतामा पर्न सक्छ । हामीले दिनुपर्ने अवस्था हुनसक्छ ।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क