इन्फो नेपाल — सञ्चारको सञ्जाल

गण्डकी प्रदेश: माओवादीबाट रेशम जुग्लालीलाई मन्त्री बनाउने निर्णय

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले पार्टीको गण्डकी प्रदेश संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको पुष्टि गरिन् । ‘म आफैं पनि दलको बैठकमा प्रदेश अध्यक्षको हैसियतमा पुगेकी थिएँ । जुग्जालीलाई मन्त्री बनाउने निर्णय भएको सत्य हो’, गुरूङले भनिन् । माओवादीका तर्फबाट यसअघि तनहुँ-२(२) बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री बनेका छन् । प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो । २५ पुसमा नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले सोही दिन माओवादीका चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । सरकारमा सहभागी दलहरुबीच एमालेले ४, माओवादीले २ र राप्रपाले एक मन्त्री लिने समझदारी बनेको छ । माओवादीबाट जुग्जालीका अलावा गोरखाकी सुशीला सिम्खडा र माओवादीको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा मन्त्रीको आकांक्षी थिए । गत चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको माओवादीले म्याग्दीमा भने गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्र जितेको थियो । समानुपातिकतर्फ पनि २०७४ को तुलनामा म्याग्दीमा माओवादीको मत बढेको थियो । सोही आधारमा म्याग्दीले सरकारमा सहभागिता पाउनुपर्ने दावी गरिएको थियो । मालिका गाउँपालिका वडा नम्बर ७ बिमका जुग्जाली माओवादी सशस्त्र युद्धमा भूमिगत भएका नेता हुन् । २०५८ मा पार्टीको जिल्ला सचिव भएका उनी २०६१ मा इलाका इञ्चार्ज भएका थिए । माओवादी सेनामा कम्पनी कमिसार हुदै बटालियन भाइस कमान्डर भएका उनी पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगरात राज्य कमिटी सदस्य बने । माओवादी फुटेपछि मोहन वैद्यसँगै पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका जुग्जाली २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । जुग्जाली पछिल्लो समय माओवादीको जिल्ला संयोजक थिए । २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा जुग्जाली माओवादी केन्द्रबाट मालिका गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए तर पराजित भए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क