इन्फो नेपाल — सञ्चारको सञ्जाल

गर्मीका कारण जालपादेवी माविमा आइतबार बिदा

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री जालपादेवी माध्यमिक विद्यालयले बढ्दो गर्मीका कारण आइतबार एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका प्रधानाध्यापक राजु प्रसाद गौतमले जारी गरेको सूचना अनुसार, २०८१ साल असार २ गते आइतबार विद्यालयको पठनपाठन स्थगित गरिएको छ।

विगत केही दिनदेखि चर्को गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्याहरू देखा परेका छन्। विद्यार्थीहरूमा ज्वरो आउने, पेट दुख्ने, छटपटाउने र वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखिएका छन्। यसले गर्दा पठनपाठनमा बाधा पुगेको र केही अभिभावकहरूले विद्यालय बन्द गर्न आग्रह गरेको विद्यालय प्रशासनले जनाएको छ।

यसैबीच, सोमबार (असार ३ गते) इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) को अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसैले, विद्यालयको नियमित पठनपाठन २०८१ साल असार ४ गते मंगलबारदेखि मात्र सुचारु हुने विद्यालय प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क