इन्फो नेपाल — सञ्चारको सञ्जाल

गर्मी बढेर पानी नपरेपछि मकवानपुरमा भ्यागुताको विवाह

हेटौडा । गर्मी बढेर पानी नपरेपछि पौराणिक धार्मिक विश्वास अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ मा भ्यागुताको विवाह गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा खडेरीको अवस्था देखिएपछि स्थानीय जनविश्वासअनुसार भ्यागुताको विवाह गरी वर्षाको आह्वान गरिएको हो। विवाहको शुरुआत वडा नं. १६ को राममन्दिरबाट जन्ती प्रस्थान गरी खमारेको कुवामा पुगेर पञ्चेबाजासहित विधिपूर्वक सम्पन्न गरिएको थियो। वडा अध्यक्ष रामकृष्ण कोइरालाले लामो समयदेखि वर्षा नहुँदा खडेरीको अवस्था आएकाले स्थानीय संस्कृति अनुरुप भ्यागुताको विवाह गरिएको बताए । "हाम्रो मौलिक संस्कृति अनुसार गर्मीको समयमा वर्षा नहुँदा भ्यागुताको विवाह गरिन्छ। त्यसैले यसपटक पनि भ्यागुताको विवाह गरिएको हो," उनले भने । भ्यागुताको विवाहमा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क