इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाँउपालिकाकाे हाकिमले ढोका थुनेर कर्मचारी कुटेपछि...

पाँचथर: पाँचथरको याङवरक गाउँपालिकाका प्रशासकीय अधिकृतले कार्यालय सहयोगीलाई कुटपिट गरेको घटना ढाकछोप गर्न गाउँपालिका नै लागि परेको पाइएको छ । मोबाइलमा म्यासेज आएको विषयलाई लिएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुबेदीलाई आइतबार निर्घात कुटपिट गरेका थिए । म्यासेजको विषयलाई लिएर सामान्य भनाभन हुँदा पालिकाको क्यावटरमा ढोका थुनेर अधिकृत लिङ्देनले सुबेदीलाई कुटपिट गरेका थिए । कुटपिटबाट सुवेदीको आँखा छेउमा गहिरो चोट परेको छ भने मुक्का प्रहारबाट अनुहार सुनिएको छ । घटनालाई लिएर पालिकाका अध्यक्ष भीम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङ्बोले एक विज्ञप्ति जारी गर्दै सामान्य रूपमा लिन अनुरोध नै गरेका छन् । दुई कर्मचारीबिच सामान्य विवाद भएको विषयलाई अतिरञ्जित गर्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘गम्भीर कुटपिट नभएको र दुई पक्षबिच सहमति भइसकेकाले टिका टिप्पणी गरी सिङ्गो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका विषयमा प्रश्न खडा नगरिदिन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यता स्थानीयले भने घटनालाई गाउँपालिकाले लुकाउन खोजेको बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क