इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाईलाई चस्मा लगाइदिँदा खुसी भएर धेरै दूध दियो

टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् । 

रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो परीक्षण गरेका हुन् । उनका अनुसार यो उपाय लगाउँदा गाईले दिने दूधको मात्रा प्रति दिन २२ लिटरबाट बढेर २७ लिटरसम्म पुगेको छ ।

किसान इजेटका अनुसार उजाड मौसमका बेलामा हरियो चौर देख्नुले गाईलाई वास्तवमै भावनात्मक प्रभाव पार्ने रहेछ । उनी भन्छन्, यसले उनीहरुमा स्ट्रेस पनि कम गरायो । यसरी भीआर चस्मा लगाएको गाईले खुसी हुँदै सुख्खा पराल खाइरहेको तस्बिर यतिबेला सामाजिक संजालमा चर्चामा आइरहेको छ । धेरैले यसलाई सायन्स फिक्सन फिल्म द म्याट्रिक्स सँग तुलना गरेका छन् । 
यसरी जीवजन्तुमा भीआर प्रयोग गर्ने उपाय पहिलोपटक रुसको मस्काउमा परीक्षण गरिएको थियो ।

सुख्खा मौसममा पनि गाईवस्तुहरुलाई हरियालीपन महसुस गराउन त्यहाँका किसानले भीआर निर्माताहरुसँग सहकार्य गरेका थिए । रुसको कृषि तथा खाद्य मन्त्रालयका अनुसार रिसर्चमा भीआरले गाईमा स्ट्रेस र एन्जाइटी कम गराइ समग्र मुड राम्रो बनाइदिनाले सकारात्मक नतिजा देखिएको थियो ।यसमा भीआर निर्माताहरुले गाइको टाउको फिट हुनेगरि विशेष तरिकाको सेट निर्माण गरेका थिए । त्यस्तै प्राविधिक विद्हरुले गाईले हेर्ने दृश्यसँग अनुकुल रङ मिलावटमा पनि ध्यान दिएका हुन् । गाईले प्राय पहेँलो, हरियो, नीलो र बैगुनी रङ मात्र राम्ररी देख्न सक्छ ।

त्यस्तै अर्को स्कटिस रिसर्चमा चाहिँ गाईवस्तुहरुमा वातावरणीय अवस्थाको उल्लेखनीय प्रभाव पर्ने गरेको पत्ता लागेको थियो ।यसले तिनको स्वास्थ्य र मुडमा समेत असर पार्ने हुँदा दूध उत्पानको मात्रा र गुणस्तरसम्म प्रभावित हुने गरेको पाइएको छ ।यस्तोमा इजेटले आगामी दिनहरुमा आफ्ना गाईवस्तुका लागि अझ धेरै भीआर हेडसेट खरिद गर्ने योजना रहेको बताएका छन् । डेलीमेल 
 

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क