इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि मध्यरातमा गोली प्रहार

कपिलवस्तु | कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति गोली प्रहार भएको छ। प्रहरीले यसलाई लक्षित आक्रमणको रुपमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार राति ११:३० बजेतिर मायादेवी गाउँपालिका–१, पकडीस्थित अध्यक्ष चौधरीको घरमै गोली प्रहार भएको हो। "अध्यक्ष शौचालय गएर फर्किने क्रममा अन्धकारमा गोली चलाइएको थियो। गोली भित्तामा लाग्यो, उहाँ सकुशल हुनुहुन्छ," डीएसपी अधिकारीले जानकारी दिए। प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका पनि बरामद गरेको जनाएको छ। घटनाको समयमा बिजुली गएको थियो, जसले आक्रमण सहज बनाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीका अनुसार घटनास्थलको घेराबन्दी गरिएको छ र अनुसन्धान सुरु गरिएको छ। हमलाकारी को हुन् भन्ने विषयमा अहिले खुलाइएको छैन। घटना योजनाबद्ध देखिएको भन्दै प्रहरीले संभावित संलग्न व्यक्तिहरुको खोजी सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क