इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

मोरङ | मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारूसहित ९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्वगाँउपालिका अध्यक्ष थारू र अन्य ८ जनालाई पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राती करिब ८ बजे जुवा खालबाट गाँउपालिका ४ का ५९ वर्षीय थारुसहित सोही स्थानका ५५ वर्षीय अहिलाल माझी, मोरङको सुन्दरहरैँचा नगरपालिका- १ का ५० वर्षीय जनककुमार मास्के, धरान उपमहानगरपालिका- १५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका- ६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका- १ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका- १० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय प्रताप राई पक्राउ परेका जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका थारू २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ हजार ७ सय २० मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले जुवा खालमा राती छापा मारेको थियो।

पक्राउ परेकाहरुको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुंग तास, पाउडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद भएको मोरंग प्रहरी प्रमुख कार्कीले जानकारी दिए। कार्कीले जुवा खालबाट १७ लाख २९ हजार ५ सय र खेलिरहेका जुवाडेको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद बताए।

जुवाको सञ्चालनकर्ताबारे खोजी भइरहेको जनाएको प्रहरीले राति छापा मार्ने क्रममा केही व्यक्ति फरार भएको उल्लेख गरेको छ।

उनीहरूको समेत प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरी प्रमुख कार्कीले जानकारी दिए। पक्राउ परेकाहरु मध्येले आफै मिलेर खेल्दै आएको बताएका छन्।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने तयारी गरेको प्रहरी थप अनुसन्धानमा जुटेको कार्कीको भनाई छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क