इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँपालिकाको अफर: बसाइँ सरी आउनेलाई घर उपहार

मकवानपुर: मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाभित्र अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको छ ।  शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गर्दै गाउँपालिकाले ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम घोषणा गरेको हो। दुर्गम क्षेत्रबाट बसाइँ सरी सुगम र सहरी क्षेत्रमा जाने मानिसको संख्या बढेपछि त्यसलाई निरुत्साहित गर्न घर उपहार कार्यक्रम घोषणा गरिएको पालिकाका अध्यक्ष राजकुमार मल्लले बताएका छन्। ‘राक्सिराङ गाउँपालिका दुर्गम भएकाले बसाइँसराइ गरी सुगम ठाउँमा जाने क्रम बढ्न थालेपछि त्यसलाई रोक्न घर उपहार योजना ल्याएका हौँ, अन्य सेवाहरुमा पनि सहजता ल्याएका छौ, हामीले हाम्रो गाउँपालिकालाई हरित गाउँपालिका गराउने पनि योजना गराएका छौ ’ उनले भने। अध्यक्ष मल्लले दुर्गम वडाहरूमा विद्युतीकरण र काठेपोल विस्थापन कार्यलाई प्राथमिकता दिने बताए । यस्तै, सडक गुरुयोजना पुनरावलोकनमार्फत सडकको ‘राइट अफ वे’ निर्धारण गर्दै स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने भएको छ। बिपन्न बिरामीहरुलाई लक्षीत गर्दै वडाहरूबाट प्रत्यक महिनाको एक चोटी अस्पतालसम्म निःशुल्क बससेवा सञ्चालन गरिने पनि योजना बनाइएको इन्फो नेपालसंग कुराकानी गर्दै अध्यक्ष मल्लले बताए । स्थानीय रोजगार योजना तर्जुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास विधि र संस्थागत सुदृढीकरणका लागि काम थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क