इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँपालिकालाई नै अपहरण गरेको भन्दै अख्तियारमा मुद्दा

सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकायाले गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दन्तबहादुर थापामाथि पालिका ‘अपहरण’ गरेको आरोप लगाएका छन्। उपाध्यक्ष रोकायाले गत मङ्सिर ११ गते अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले पालिकालाई अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै मुद्दा दायरसमेत गरेका छन् । उपाध्यक्ष रोकायाले गत असार १० गते गाउँपालिकाको गाउँ सभाले विनियोजन गरेको विभिन्न शीर्षकको बजेट कहाँ, कसरी र कति रकम बाँडफाँड गर्ने भनेर अहिलेसम्म कुनै पनि निर्णय नभएको बताएका छन् । कार्यपालिकामा कुनै निर्णय नगरी, नगराई गाउँपालिका बाहिर सुर्खेतमा लामो समयसम्म बसी मनोमानी ढङ्गले चालु खर्चबाट ३ करोड, २१ लाख २२ हजार २८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५७४ रुपैयाँ ग्लोबल आई।एम।ई। बैंक सुर्खेत शाखाबाटै निकासा गरेको आरोप प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापामाथि उपाध्यक्ष रोकायाले लगाएका छन् । ‘गत असार १० गतेको गाउँ सभाको सर्वसम्मत निर्णयको अवज्ञा गर्दै यस गाउँपालिकाका जन निर्वाचित जनप्रतिनिधि र गाउँ कार्यपालिकाको बेवास्ता गरी अधिकारमाथि पूर्ण हस्तक्षेप गर्दै रकम निकासा गरी व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ ।’ अख्तियारमा दायर रिटमा भनिएको छ । सुर्खेतमै बसेर हाकिम र लेखापालले एक आपसको मिलेमतोमा उतै व्यक्तिगत हाजिर लगाई तलब खाने र सुर्खेतबाट आफ्ना इच्छाएका व्यक्तिलाई करार पदमा नियुक्ति गरी गाउँपालिका कार्यालयमा हाजिरै नगराई उतैबाट तलबसमेत खुवाएको आरोप उनीहरूमाथि लागेको छ । साथै व्यक्तिगत प्रयोजनमा खर्च गरी अनुचित कार्य गर्ने शाही र लेखापाल थापा गत भदौ महिनादेखि अहिलेसम्म पालिकामा हाजिर नभएको पनि उजुरीमा उल्लेख छ । यद्यपि अख्तियारको उजुरीमा भने पालिका अध्यक्ष सिंहको नाम उल्लेख छैन । उपाध्यक्ष रोकायाले निमित्त प्रमुख शाही र थापाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम’ अनुचित कार्य गरेकाले झिकाएर निकासा भएको रकमबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् । साथै उनले अनुचित ठाउँमा हिनामिना भएको रकम शोधभर्ना तथा असुल उपर गरिदिन समेत आग्रह गरेका छन् । यस्तै, पालिका उपाध्यक्ष रोकायले निमित्त प्रमुख शाही र लेखापाल थापाले गत साउनदेखि मङ्सिरसम्म पटक–पटक गरी करोडौँ रकम निकासा गरेको उजुरीमा उल्लेख गरेका छन् । यद्यपि उक्त कुरा मङ्सिर ५ गते मात्रै आफूलाई जानकारी भएको उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क