इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तरीमा गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिइन्

काठमाडौँ– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच गाउँपालिकाको कार्यालयमै कुटाकुट भएको छ । गहुँको विषयमा छलफल चलिरहँदा अध्यक्ष सूर्यरानायणले उपाध्यक्ष उषाकुमारीलाई गालीगलोच गरेपछि कुटाकुट भएको ३ नम्बर वडाका अध्यक्ष दिपेन्द्र प्रसाद यादवले खबरहबलाई फोनमा जानकारी दिए । उनका अनुसार गहुँको बिउँ वितरण गर्ने विषयमा अध्यक्ष सूर्यनारायणले आफूखुशी निर्णय गराउन लागेपछि उपाध्यक्ष उषाकुमारीले विरोध जनाएकी थिइन् । त्यसपछि अध्यक्षले उपाध्यक्षलाई झम्टेको र उपाध्यक्षले कुर्सीले प्रहार गरेकी थिइन् । कुर्सीले लागेर अध्यक्ष सूर्यनारायणका अगाडिका दुईवटा दाँत भाँचिएका छन् । अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा उपाध्यक्षको हात चोट लागेको छ । चुरा फुटेर चोट लागेको वडा अध्यक्ष यादवले बताए । अध्यक्ष राजपाका हुन् भने उपाध्यक्ष लोसपाकी हुन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा उपाध्यक्षको फोन उठेन भने अध्यक्षको मोबाइलको स्वीच अफ छ । सो गाउँपालिकामा विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलबसमेत खान नपाएको वडा अध्यक्ष यादवले बताए । कर्मचारी नभएकाले पनि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क