इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँमा विकास सहरमा मानिस

सुनसरी:  भनिन्छ समाज विकास भएपछि गाउँका मानिस सहर पस्छन् । धनकुटा नगरपालिका ९ बेलहरा माहाङ्ग गाउँमा विगतको १३ बर्ष अगाडि ५३ घरधुरी थिए तर अहिले २२ घरधुरी मात्र छन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । गाउँमा विस्तारै विकासले गति लिँदै गयो तर  गाउँ छाड्नेहरू भने रोकिएनन्  । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थाले । धनकुटा बेलहरा माहाङ्ग गाउँका स्थानीय बासिन्दा ५८ वर्षका पृथ्वी भण्डारीकाले घर परिवार बढ्दै गएर मानिस आर्थिक विकास र सहरमा बसाइँ सहर्दै गए बताउछन् । उनले भने ''अहिले घर परिवार बढ्दै गएर मानिस आर्थिक विकास र सहरमा बसाइँ सहर्दै गए यहाँ १०-१५ वर्ष अगाडि भण्डारी गाउँ , घिमिरे गाउँ ,थापा गाउँ भनेर चिनिन्छ । अहिले यी गाउँमा थरिका मानिस कमै मात्रामा रहेको छ ।'' "धनकुटा बेहलरामा रहेको गुठिटारबाट सडक निर्माण भएपछि बेलहरा गाउँमा पहिला भन्दा अहिले विकासले गति लिएको छ । घरघरमा  सडक तथा यातायातको सुविधा पुगेको छ । खानेपानीको पनि सुविधा ५ वर्ष पछाडि पुगेको छ" भण्डारीले भने । शिक्षाका लागि १२ कक्षा सम्म पढ्ने सुविधा रहेको छ भने त्यो भन्दा माथिल्लो कक्षा पढ्न धनकुटा बजार , धनकुटा हिले वा धरान इटहरी पुग्नुपर्ने भण्डारीले बताए । यहाँ धेरै जातजातिका मानिस बसोबास गर्दछन् । यहाँ रित्तो घर धेरै छन् । स्थानीय सरकार आएर केही सुधार भएको छ । कृषी खेतीका लागि एभोकाडो ,खोर्सानी , टमाटर ,धान , मकै जस्ता खाद्यबालि उत्पादन हुने गर्दछ । पुरानो ऐतिहासिक वस्तु पनि यहीँ गाउँमा देख्न सकिन्छ । सहरमा जलवायु परिवर्तन भएका कारण पनि धनकुटा नगरपालिकाका विभिन्न क्षेत्रमा मानिस गाउँ बसाइँ सरेर आएका छन् । यस बेलहरा माहाङ्ग गाउँका मानिसको रोजगारनै वैदेशिक रोजगारी हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क