इन्फो नेपाल — सञ्चारको सञ्जाल

गोली बोकेर सोबिता किन जान लागेकी थिइन् जापान, विमानस्थलमा यसरी परिन् फेला

काठमाडौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोलीसहित तनहँ भानु नगरपालिका ७ की २७ वर्षीया एक जना पक्राउ परेकी छिन्। प्रहरीले आइतबार राति सोबिता नेपालीलाई पक्राउ गरेको हो। उनी नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी थिइन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला परेपछि पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयका अनुसार आइतबार नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट क्वालालाम्पुर हुँदै जापान जान लागेकी तनहुँकी २७ बर्षिय सोबिता नेपालीको झोलाबाट एक राउण्ड गोली फेला परेको थियो । प्रहरीले नेपालीलाइ आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क