इन्फो नेपाल — सञ्चारको सञ्जाल

गौरिटार रंगशालास्थित गोठमा जुवा खेल्दै गरेका पाँच जना पक्राउ

हेटौँडा |  हेटौँडा–१६ स्थित गौरिटार रंगशालाको गोठबाट जुवा खेल्दै गरेका पाँच जना व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मंगलबार दिउँसो १:४५ बजे छापा मारेर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय दामोदर चौलागाई, हेटौँडाका २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन्। गोठलाई जुवा खेल्ने अड्डा बनाइएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ७ बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोट्टीसहितको काठको लुडो बरामद गरेको छ। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क