इन्फो नेपाल — सञ्चारको सञ्जाल

घट्यो खाने तेलको मूल्य!

काठमाडौँ — खाने तेलको मूल्य १० रुपैयाँले घटेको छ । छुट पसलमा बजार भाउभन्दा बढी मूल्य राखेको गुनासो आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको हो । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य मंगलबारदेखी नै लागू भइसकेको छ । ‘अब सर्वसाधरणले सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्छन्,’ थापाले भने, ‘उक्त मूल्य बजार भाउभन्दा धेरै सस्तो हो ।’ खाद्यले सिजी कम्पनीको तेल बिक्री गर्दै आएको छ । उक्त तेल साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर बिक्री गरिएको थापाले बताए । उनले ब्रान्ड अनुसार पनि बजार मूल्य फरक भएको दाबी गरे । यद्यपी, पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । ‘अन्र्तराष्ट्रिय बजारको मूल्य र भन्सार दर घटेपछि बजारमा सस्तो देखियो, खाद्यको पुरानै स्टक भएकोले केही महँगो थियो,’ थापाले भने, ‘मंगलबारको बिक्री मूल्य बजार भाउभन्दा सस्तो छ ।’ सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो । असोज १ गतेदेखी सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो । जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । मंगलबार मूल्य पुन: घटाइएको हो । त्यस्तै, मुसुरोको दालको मूल्य घटाएर १ सय ४५ रुपैयाँ तोकेको थापाले बताए । ‘चामल, तेल, गेडागुडी धेरै सस्तोमा बिक्री गरिरहेका छौं,’ उनले भने, ‘सर्वसाधरणका लागि बिहान ८ देखी बेलुका ७ बजेसम्म पसल खुल्ला राखेका छौ ।’ चाडबाडमा खाद्यसँगै साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादनमा छुट दिएका छन् । ’ सहुलियत पसल असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन हुने जनाएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क