इन्फो नेपाल — सञ्चारको सञ्जाल

घडेरी किन्दा कम्तिमा नि यी कुराहरुमा ध्यान दिन नभुल्नुहोस

घर जग्गा किंन्दा धेरै कुराको जानकारी लिनुपर्ने हुन्छ । पर्याप्त जानकारी नलिकन खरिद गर्दा धेरै मानिसहरु समस्यामा परेको र पछुताइरहेको देख्न सकिन्छ । त्यसैले आज मालपोत खबरले घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने केही कुराहरु तपाईंहरुलाई जानकारी दिंदैछौं । जुन घडेरी किन्न लागेका व्यक्तिका लागि उपयोगी बन्न सक्छ ।यस्ता कुरामा ध्यान दिन नबिर्सनुहोस १.कानूनी पक्ष : लालपुर्जा, ट्रेस नक्सा, ब्लूप्रिन्टसँग देखाईएको जग्गा हेर्न जाँदै हुनुहुन्छ भने त्यति नै बेला जग्गा धनीलाई भनेर त्यो जग्गाको लालपुर्जा, ब्लूप्रिन्ट वा ट्रेस नक्सा ल्याउनु भन्नुपर्छ र लालपुर्जा, ब्लूप्रिन्ट, ट्रेस नक्सा पनि सँगै देखाएर त्यो जग्गा हो कि होइन हेर्नुपर्छ । २. जग्गाको इतिहास बुझ्ने: त्यो जग्गा प्लाटिङ हो या त्यो जग्गामा को कसको हक अधिकार लाग्छ यदि एकलौटि अधिकार छ भने त्यो जग्गा धनीसँग पनि कुरा गर्नुपर्छ । या त सार्वजनिक पो हो की ? यी कुराहरु कानूनी पक्षको हो । ३. मापदण्डका पक्ष : बाटोको चौडाइ कति छ यसको मापदण्ड कति छ भन्ने कुरा एकिन गरी राम्ररी बुझ्नु पर्छ । न्यूनतम जग्गाको क्षेत्रफल हाम्रो ऐन कानून भए अनुसार लालपुर्जा मा साढे २ आना भन्दा कम छ भने त्यस्तो जग्गा नक्सा पास हुदैन त्यसैले आफुले किन्न लागेको जग्गाको क्षेत्रफल कति छ हेर्नुपर्छ । ४. जग्गाको पक्ष : जग्गाको आकार, जग्गा कतै भिरालो खोचवाला जमिनमा पो छ कि हेर्नु पर्छ । ५. पानी र ढलको निकास: आफूले किन्न लागेको जग्गामा पानी र ढलको निकास राम्ररी छ कि छैन रु पानीको मुहानबारे पनि यहि बेलामा सोच्नुपर्छ । ६. जग्गाको मोहोडा : जग्गा कतातिर फर्केको छ रु आकार रप्रकृति यसको उपयोगिताको पाटोहरु पनि घडेरी किन्दा नै विचार पुर्‍याउनुपर्छ । सामाजिक पक्ष पनि हेर्नुपर्छ । ७. समाज, समुदायको जानकारी : गास, बास र कपास पछि सुरक्षा आउने गर्दा पनि त्यो घडेरीमा घर बनाउँदा आफ्नो परिवारको बालबालिका कत्तिको सुरक्षित हुन्छन् भन्ने कुरा एकदमै ध्यान दिनुपर्छ ।होहल्ला हुने, झैझगडा हुने, काटमार र अशान्ति भएको एरियामा घडेरी नकिन्नुहोस्। यस्ता धेरै कुरा हरू रहेका छन् आफुले धेरै ध्यान दिनुपर्छ जग्गा किन्दा यस्ता उयाहरू हरेका छन् ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता