इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरेलु मदिरा ब्राण्डिङ गर्दै अर्जुनधारा नगरपालिका

झापा– घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्न स्थानीय तह तँछाड–मछाड गरिरहेको समयमा झापाको अर्जुनधारा नगरपालिकाले पनि यसलाई प्रवर्द्धन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामी तथा योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समको उपस्थितिमा आयोजित एक कार्यक्रममार्फ् नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्नका लागि आवश्यक तयारी गर्न सुरु गरेको जनाएको छ । घरेलु मदिरा ब्राण्डिङ गरी बजारीकरण गर्ने चर्चा चलिरहेको बेला कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरीले अर्थतन्त्रको बलियो आधार स्वदेशी रक्सीलाई ब्राण्डिङ गरेर बजारमा पु¥याउन सके आयआर्जनको स्रोत वृद्धि हुने बताए । गिरीले अर्थतन्त्रको स्रोतका धेरै आधारहरु कृषि नै भएको हुँदा घरेलु रक्सीजस्तै स्वदेशी घाँसलाई विदेशमा पठाउन सकिने पनि जनाए । नगर प्रमुख बलदेवसिंह गोम्देनले विदेशी रक्सी नेपालमा आयात हुनुले स्वदेशी रक्सी पछि परेको धेरै उदाहरण दिँदै स्वदेशमा बनेका रक्सीलाई ब्राण्ड बनाएर बजारीकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे । नगर प्रमुख गोम्देनले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने कार्यमा आफूले सक्दो सहयोग गर्ने र आफ्नै नगरमा उत्पादनका लागि जग्गा उपलब्ध गराउने वचन दिए ।  परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति प्रदेश नं. १ का संयोजक टेकबहादुर खजुमले परम्परागत कोदोको रक्सीलाई प्रवर्द्धन गर्नसके युवा स्वरोजगारदेखि प्रदेश १ नै आर्थिक रुपमा समृद्ध हुने दाबी गरे ।  कृषि मन्त्री दर्लामीले नीतिगत कुरालाई मिलाएर कानुनमा सहजीकरण गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउँदै परम्परागत कोदोको रक्सी मात्र नभई स्वदेशी रक्सी हुने सामग्रीलाई उत्पादनमा टेवा पुग्ने काममा प्रदेश सरकार पछि नहट्ने प्रतिवद्धता जनाए । कार्यक्रमपछि घरेलु मदिरा ब्राण्डिङलाई आवश्यक कारखाना राख्नका लागि वडा नं. २ मा रहेको जग्गाको अवलोकन गरेका थिए । अवलोकनमा योजना आयोगका उपाध्यक्ष डा. लक्सम, कृषि मन्त्री दर्लामी, नगर प्रमुख गोम्देनलगायत सहभागी थिए । 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क