इन्फो नेपाल — सञ्चारको सञ्जाल

घर पूजा गर्दागर्दै ढिस्कोले पुरिएर फिदिममा पुरोहितको मृत्यु

सुनसरी / पाँचथर जिल्लाको सदरमुकाम फिदिममा घरको साइतका लागि गएका एक पुरोहितलाई ढिस्कोले पुरिएर फिदिम नगरपालिका-१ बुद्धचोकका पुरोहित गोपालप्रकाश ढुङ्गानाको ढिस्कोले पुरिएर आज मृत्यु भएको हो । ढिस्कोले पुर्दा शैलेन्द्र पन्धाककी नाै वर्षीया छोरी साहिसा पन्धाक घाइते भएकी छन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृत्यु भएका पुरोहित ढुङ्गाना स्थानीय मदन पन्धाकको घरको साइत गरिदिन गएका थिए । घडेरीमा पूजा गर्दैगर्दा झरेको ढिस्कोले ढुङ्गानालाई पुरेको थियो । ढिस्कोले पुरिएका उनलाई उद्दार गरेर उपचारका लागि पाँचथर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृ´त घोषणा गरेका थिए । उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको जनशक्ति खटिएको थियो । स्काभेटरको प्रयोग गरेर ढुङ्गानाको उद्दार गरिएको थियो । ढिस्को खस्दा स्थानीय लेखनाथ खतिवडाको घरमा सामान्य क्षति पुगेको थियो भने खतिवडाको शौचालयको सेफ्टीट्याङ्की भत्किएको पाँचथर प्रहरीले जनाएको छ । ढुङ्गाना नेपाल शिक्षक सङ्घ पाँचथरका पूर्वअध्यक्षसमेत रहेका र पूर्वप्रधानाध्यापकसमेत रहेका नेपाली काङ्ग्रेस प्रदेश १ सदस्य मित्रप्रसाद काफ्लेले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क