इन्फो नेपाल — सञ्चारको सञ्जाल

चर्चित महानगर : काठमाडौंमा बालेन र भरतपुरमा रेनुको अग्रता

काठमाडौं : काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर भरतपुर माहानगर र काठमाडौं माहानगर अहिले अहिले निकै चर्चामा छ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् । भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुबेदी भन्दा २९ मत ले अगी छिन । काठमाडौं महानगरपालिका पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् । भरतपुरमा महानगरपालिका चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल ले झिनो मत ले अग्रात लिएकी छिन। पछिल्लो अपडेट अनिसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ५७१८ मत ल्याउँदा सुवेदीले ५६८९ मत ल्याएका हुन् । सुवेदीले १९ मतको अग्रता लिएका हुन् । मंगलबार बिहान ७ : ३० बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले २६६८ मत पाएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क