इन्फो नेपाल — सञ्चारको सञ्जाल

चर्चित माहानगर: काठमाडौंमा बालेन र भरतपुरमा रेणुको अग्राता

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर भरतपुर माहानगर र काठमाडौं माहानगर अहिले अहिले निकै चर्चामा छ । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् भने काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निकटतम प्रतिस्पर्धि एमालेका केशव स्थापितभन्दा ५ सय ९० मतको अग्रता लिएका छन्। भरतपुर महानगरपालिका २ हजार ९६८ मत गणना हुँदा रेनुले ११०५ मत पाएकी छन्। उनलाई नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीले १००७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले अग्रता लिएकी छन्। अधिकारीले १२२६ मत प्राप्त गरेकी छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ८३० मतका साथ पछ्याइरहेकी छन्। काठमाडौं महानगरपालिका ४ हजार ४ सय ४४ मतगणना हुँदा बालेनले १ हजार ५ सय ७५ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन्। राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन्। अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क