इन्फो नेपाल — सञ्चारको सञ्जाल

चामलको मूल्य जापानमा चार गुणा वृद्धि, तर भोलीदेखि सस्तो चामल पाइने

टोकियो | जापानमा एक वर्षको अवधिमा चामलको मूल्यमा चार गुणासम्मको वृद्धि भएको छ। तर उपभोक्तालाई केही राहत दिने उद्देश्यले सरकारले आपतकालीन रूपमा चामलको भण्डारण रिलिज गर्ने निर्णय गरेसँगै भोलीदेखि केही स्टोरहरूमा चामल सस्तो मूल्यमा पाइने भएको छ।

पछिल्लो एक वर्षमा जापानमा चामलको मूल्य आकस्मिक रूपमा बढेर ५ किलोग्रामको प्याक ४,३०० येनदेखि ४,६०० येनसम्ममा बिक्री हुन थालिएको छ। सन् २०२३ को अत्यधिक गर्मी र मौसम सम्बन्धी समस्याले चामल उत्पादन घटेको, आपूर्ति अवरुद्ध भएको, र पर्यटकको माग बढेको कारण मूल्य वृद्धिको प्रमुख कारण बनेको हो।

जापानी कृषि मन्त्रालयले हालै मात्र २ लाख १० हजार टन सरकारी संचित चामल बजारमा पठाउने निर्णय गरेको छ। यस अन्तर्गत जुन ८ तारिख (भोली)देखि प्रमुख खुद्रा स्टोरहरूमा(जस्तै 'Aeon, Ito-Yokado लगायत) सीमित परिमाणमा सस्तो चामल उपलब्ध हुने बताइएको छ।

सरकारी योजना अनुसार, ५ किलोग्रामको प्याक २,००० येनमा उपलब्ध गराइनेछ। तर, प्रति परिवार एउटा प्याक मात्र खरिद गर्न पाइनेछ।

सरकारले दक्षिण कोरियाबाट पनि सस्तो चामल आयात गर्न सुरु गरिसकेको छ। जापानमा रहेका नेपालीहरूका लागि यो राहतको समाचार हो। लामो समयदेखि महँगो चामलको मार खेपिरहेका प्रवासी नेपालीहरूले अब सरकारी स्टोरमार्फत सस्तो चामल प्राप्त गर्न सक्नेछन्। यद्यपि, स्टक सीमित हुने भएकाले सबैले लाभ लिनका लागि समयमै जानकारी लिएर खरिद गर्नु उपयुक्त हुनेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क