इन्फो नेपाल — सञ्चारको सञ्जाल

चायाबाट सजिलै मुक्ति हुन् यी हुन् ९ घरेलु उपाय अपनाउनुस

हामीले अनुभव गरेकै छौं, जाडोमा कपालमा चाया पर्छ । तुलनात्मक रुपमा बढी जाडो याममा चायाले सताउँछ । जाडोमा दिनदिनै नुहाउन संभव हुँदैन । त्यसमाथि टाउकोलाई न्यानो बनाउन टोपी लगाइन्छ, स्कार्फले टाउको ढाकिन्छ । यसले गर्दा कपालको सौन्दर्य रुखो हुन्छ । चाया पर्छ । यतिबेला खास हेरचाहको अभावमा कपालमा अनेकौ समस्या आउँछ । चाया पनि यसैमा एक हो । यो टाउकोको छालामा रहेका मृत कोशिकाहरुका कारण पैदा हुन्छ । चायाले कपालको सौन्दर्य बिगार्छ, कपाल र्झन थाल्छ र टाउको चिलाउँछ । केहि घरेलु उपाय छ, जसले कपालको तमाम समस्याबाट छुटकारा पाउन सकिन्छ । यहाँ हामीले कपालको सफाइ र स्वास्थ्यका लागि सिलसिलाबद्ध विधी पेश गरेका छौं । १. स्याम्पुले नुहाउने : चायाको सबैभन्दा ठूलो कारण हो टाउकोको छाला राम्रोसँग सफा नहुनु । अधिक पसीना उत्पन्न गर्ने ग्रन्थिहरु बढी सक्रिय हुँदा पनि यो समस्या उत्पन्न हुन्छ । त्यसैले चायाको समस्या हुँदा कपालको सफाईमा विशेष ध्यान दिनुपर्छ । हप्तामा दुईदेखि तीन पटक कपाललाई कुनै राम्रो हर्बल स्याम्पुले धुनुपर्छ । २. तेल मालिस : कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ । ३. बाफ : मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फँसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ । ४. कागतिको रस : यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ । यदि कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल र्झन पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ । ५. दही र मरिच : दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ । ६. अमला : स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ । र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो । ७. सोइजन : साेइजनको पातको रस लगाउँदा चाया खत्तम हुन्छ । सोइजनलाई उमालेर तयार गरिएको लेदो नुहाउँदा टाउकोमा सेम्पुको रुपमा प्रयोग गरियो भने यसले बजारमा उपलब्ध कुनै पनि भिटामिन ई युक्त सेम्पुले भन्दा राम्रो काम गर्छ । ८. मेथीबाट उपचार : मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ । ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ । ९. तिलको तेल : तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ । यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ । पाँच मिनेटसम्म यसो गर्नुस र त्यसपछि टाउका धुनुपर्छ । बिभिन्न अनलाइनहरूबाट

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता