इन्फो नेपाल — सञ्चारको सञ्जाल

चाया पर्ने समस्याबाट कसरी छुटकारा पाउने ?

काठमाडौँ : चायाले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छ । तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ । हाम्रो टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ । चाया पर्ने कारण कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ । फंगसको कारण, हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, लामो समयसम्म ननुहाउनुले पनि चाया पर्छ । यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काईंयो प्रयोग गर्दा पनि चाया पर्छ । अरुले प्रयोग गरेको टावेल प्रयोग गर्दा पनि चाया पर्छ । कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ । चिसो मौसम, लामो समयदेखिको तनाव, थकान र चिन्ताले पनि चाया पर्ने हुन्छ । कस्तो अवस्थामा डाक्टरलाई देखाउने ? चायाका कारण टाउकोमा घाउ बन्ने समस्या हुन्छ । यस्तै धेरै चिलाउँदा पनि समस्या हुन्छ । टाउकोमा केही भागको छाला खुइलिन थाल्दा पनि तुरुन्तै डाक्टरलाई देखाउनु पर्छ । कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । यसरी जाँच गराउँदा त्यसको अवस्था, गहिरो प्रभाव तथा कुन किसीमको उपचार गर्ने भनेर सहज हुन्छ । अन्यथा धेरै सकस हुन्छ । बच्ने उपाय के के हुन् ?
  • टाउको कम्तिमा हप्तामा तीन पटक नुहाउने ।
  • नुहाउनुभन्दा पहिला तेल लगाउने ।
  • धेरै घाममा खाली टाउको नबस्ने ।
  • सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।
  • धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।
  • राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने ।
  • सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।
(शिक्षण अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञसँग गरेकाे कुराकानीमा आधारित)

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क