इन्फो नेपाल — सञ्चारको सञ्जाल

चिट चोर्न प्रयोग भएको ३ हजार मोबाइल विद्यार्थीलाई फिर्ता

रौतहट । भर्खरै सम्पन्न भएको एसईई परीक्षामा विद्यार्थीले चिट चोर्न प्रयोग गरेका मोबाइल फोनहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ। यस वर्षको एसईई परीक्षामा रौतहटमा डिजिटल चिट चोरी व्यापक रूपमा देखिएको थियो। यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो। बरामद गरिएका ती मोबाइल फोनहरू शनिबार बसेको एक बैठकले सम्बन्धित स्थानमा रहेका विभिन्न प्रहरी चौकीहरू मार्फत सम्बन्धित विद्यार्थीलाई वितरण गरिएको छ। रौतहटका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्न प्रयोग गरेका मोबाइल फोनहरू सुरक्षा निकायले बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका विभिन्न प्रहरी चौकीहरू मार्फत बरामद गरिएका ती मोबाइल फोनहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ। अघिल्ला वर्षहरूमा हुने एसईई परीक्षामा ब्ल्याकबोर्डमा लेखेर चिट चोर्ने प्रचलन रहेकोमा यस वर्ष मोबाइल मार्फत चिट चोरी गराइएको आरोप लागेको थियो। व्यापक डिजिटल चिट चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीले परीक्षा केन्द्रमै प्रवेश गरी ३ हजार मोबाइल बरामद गरेको थियो। डिजिटल चिट चोरीमा अधिकांश निजी शैक्षिक संस्थाहरू संलग्न रहेको एक तथ्यांकले देखाएको छ। एक अभिभावकका अनुसार निजी विद्यालयमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसईई पास गराउनुभन्दा सरकारी विद्यालयमा पढाउनु फाइदाजनक छ। चन्द्रनिगाहपुरका केही निजी विद्यालयहरूले सेटिङ मिलाएर नै परीक्षा केन्द्र र कोठामा चिट चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी विद्यालयप्रति कुन्ठित भएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क