इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीहरूसँग जानकारी गराएको हो। अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ। चलचित्रले दिदी–भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया, संघर्ष तथा सामाजिक विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा नीता ढुङ्गाना स्वयं मुख्य भूमिकामा रहेकी छन् भने बाल कलाकार तथा गायक अशोक दर्जीले उनको भाइको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ। ‘पार्वती’मा अटिजम भएकी दिदी र भाइबीचको माया तथा संघर्षलाई कथाको केन्द्रमा राखिएको छ। फरक विषयवस्तु र भावनात्मक प्रस्तुतिका कारण चलचित्रप्रति दर्शकको चासो बढ्दै गएको निर्माण पक्षको भनाइ छ। चलचित्रले सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेटसमेत प्राप्त गरेको छ। यससँगै परिवारका सबै सदस्यले एकसाथ बसेर चलचित्र हेर्न सक्ने निर्माण पक्षले जनाएको छ। चितवनमा आयोजित पत्रकार भेटघाटमार्फत निर्माण पक्षले चलचित्रलाई माया गरिदिन तथा भदौ १२ गतेदेखि नजिकैको सिनेमा हलमा पुगेर ‘पार्वती’ हेर्न दर्शकलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क