काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । अहिले बेलुका बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।
प्रचण्ड निकट एक नेताले बाह्रखरीलाई दिएको जानकारीअनुसार गठबन्धनलाई पनि समय दिन पाइने र चितवन सुनिश्चित नदेखिएकाले गोरखाबाट चुनाव लड्न लागेको बताएका थिए ।
“म गोरखाबाट चुनाव लड्छु,” प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने, “गठबन्धनलाई पनि समय दिनुपर्यो । चितवन सुनिश्चित भएन । जहाँबाट पनि लड्न तयार हुनुपर्छ भन्ने मेरो मान्यता पनि हो । त्यो अवस्थामा गोरखा बढी सुनिश्चित देखियो । त्यहाँ एमाले पनि तेस्रो नम्बरमा छ । गठबन्धनको उमेदवारले सहजै जित्ने देखिन्छ ।”
उनले बाबुराम भट्टराईसहितका नेताले पनि सोही क्षेत्रमा चुनाव लड्न आग्रह गरेको बताएका थिए ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…