इन्फो नेपाल — सञ्चारको सञ्जाल

चिसो मौसममा तौल घटाउन यी खानेकुरा खानुहोस्

स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा केही खानेकुराले तौल घटाउनुका साथै पेटको बोसोलाई पनि कम गर्न निकै प्रभावकारी भूमिका निभाएको हुन्छ । गाजर-: फाइबरले भरपुर गाजरलाई पचाउन शरीरलाई सहज हुँदैन । यसैकारण यो खाएको घण्टौंसम्म पनि भोक लाग्दैन । स्वभाविक रुपमा यदि मानिसहरुलाई भोक लाग्दैन भने उसको तौल कम हुनु पक्कै छ । चुकन्दर:- चुकन्दरमा तौल घटाउने फाइबर पाइन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ भने यसमा फ्याट शून्य प्रतिशत हुन्छ भन्दा फरक पर्दैन । जसले तौल बढ्न नदिइ भएको बोसोलाई पनि बिस्तारै कम गर्न मद्दत गर्छ । दालचीनी:- भान्सामा पाइने दालचीनीले पनि चिसोयाममा तौल घटाउने गर्छ । जर्नल अफ न्यूट्रिशनल साइन्स एण्ड भिटामिनोलोजीका अनुसार दालचीनीमा पाइने सिनमोल्डेहाइड फ्याटले मेटाबोलिजमलाई सन्तुलित राख्छ । यसले इन्सुलिन पनि नियन्त्रणमा हुन्छ । मेथी:- चिसो मौसममा मेथीको दाना तौल घटाउनका लागि कुनै गुणकारी औषधीभन्दा कम छैन । मेथीको दानाले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा ल्याउँछ र इन्सुलिनको श्रावलाई बढाउने गर्छ । अम्बा:- जाडोयाममा पाइने अम्बाले पनि घण्टौंसम्म भोकलाई नियन्त्रणमा राख्न सक्छ । यसले तपाईंको शरीरका लागि आवश्यक फाइबरको दैनिक आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्न सक्छ । यो फल मानिसहरुको मेटाबोलिजमका लागि पनि निकै फाइदाजनक छ । पानी:- चिसो मौसममा पानीको कमीले शरीर डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डी हाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा खराब असर पर्ने गर्छ । फ्रेश खानेकुरा:- चिसो मौसममा मानिसहरु धेरैजसो प्याकेटमा बन्द वा प्रोसेस्ड फूडको प्रयोग गर्छन् । यस्तो प्रकारको खानामा सोडियम र सुगरको मात्रा निकै धेरै हुन्छ जसका कारण तीब्र रुपमा तौल बढ्ने गर्छ ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता