इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुनावको तयारीमा बालेनको टिम, काठमाण्डौ ५ मा रञ्जु दर्शनालाई ठुलै नेताका बिरुद्ध उठाउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा जित निकालेको बालेन शाहको टिम यतिबेला हौसिएको छ । काठमाण्डौका जनताले बिश्वास गरेर बालेनलाई जिताए पछि बालेनको टिमले अब प्रतिनिधिसभाको लागी उम्मेद्धार छनौट गर्न सुरु गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनका लागि बालेनको टीम चुनावी मैदानमा छिरि सकेको छ । केही दिन अघि मात्र बालेनको टिमले क्षेत्र नं १ को सांसदमा पुकार बमलाई अघि सारिसकेको छ । अब एउटा नयाँ अपडेटका साथ खुशीको खबर बाहिर आएको छ । अब बालेन साहको टिममा रञ्जु दर्शना पनि परेकी छन् । उक्त टिमले दर्शनालाई काठमाडौं ५ को सांसदमा उठाउने तयारी गरेको छ । रञ्जु दर्शना २०७४ सालको निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् । विवेकशील साझा पार्टीकी नेतृ रहेर काम गरिरहेकी उनले पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर स्वतन्त्र रुपमा बस्दै आएकी छिन् । बालेनको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् । काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क