इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुरीयामाइ मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु, १७ जना घाईते

मकवानपुर: बारामा तीर्थयात्री बोकेको बस चुरीयामाइ मन्दिर नजिक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए  । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए  । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा १७ जना घाइते दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार भारत राजस्थान बस्ने अन्दाजी ४८ बर्षको घनश्याम चतुरबेदी, महोत्तरी जिल्ला जलेश्वर नगरपालिका बस्ने अन्दाजी ३८ बर्षको बिहारी मुखीया, धनुषा जिल्ला मौवा गाउँपालिका १८ जनकपुर बस्ने बर्ष बर्ष ४१ को घुरन मण्डल, महोत्तरी जिल्ला लोहारपति नगरपालिका ५ बस्ने अन्दाजी बर्ष २६ को जसबेन्दर पासवान, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ५३ की माया देबी, सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३५ को अनिल कुमार, अन्दाजी बर्ष ५० को तारा वती चतुरबेदी, निजकै नातिनि अन्दाजी बर्ष ९ की क्रितिका चतुरबेदी, अन्दाजी बर्ष ४८ को श्याम लाल माली अन्दाजी बर्ष ४७ को हरवारी माली, अन्दाजी बर्ष ७० की चौथी देबी, अन्दाजी बर्ष ७२ को सुरेस चन्द्र चक्रवती, अन्दाजी बर्ष ७३ को राम प्रसाद, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ६३ को धरम सिंह, सोहि ठाउँ बस्ने अन्दाजी बर्ष ६० की ईन्दु धाकद, अन्दाजी बर्ष १६ की गर्बिदा चतुरबेदी, र अन्दाजी बर्ष ५४ को राम कुमार चतुरबेदी घाईते भएका छन् । मृतक सातैजनाको सनाखत बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क