इन्फो नेपाल — सञ्चारको सञ्जाल

चेपाङ समुदायका विद्यार्थीलाई स्वीटर

हेटौँडा | लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका–७ स्थित कोथलिटार आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३४ जना विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेको छ। आइतबार आयोजित एक कार्यक्रममार्फत लायन्स क्लबले जाडोबाट बालबालिकालाई सुरक्षित गराउन र विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्न न्यानो कपडा वितरण गरेको हो।

लायन्स क्लबको वार्षिक कार्यक्रम अन्तर्गत गरिएको यो सहयोगले विपन्न चेपाङ समुदायका विद्यार्थीलाई राहत पुर्‍याउने उद्देश्य राखेको क्लबका अध्यक्ष अन्जनप्रसाद पौडेलले बताए। कार्यक्रममा लायन्स क्लबका सदस्य कमल अधिकारीको संयोजकत्वमा स्वीटर वितरण गरिएको थियो।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक्ट को–चिफ एड्भाइजर प्रलाद मिश्र प्रमुख अतिथि रहेका थिए। मिश्रले लायन्स क्लबले सामाजिक सहयोगमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे।

सदरमुकाम हेटौंडाबाट दुर्गम मानिने विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले सबै विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको क्लबले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क